नेपालीलाई समेत बन्धक बनाउँदै आएका म्यानमारका अनलाइन स्क्याम सञ्चालकहरूलाई मृत्युदण्ड दिने कानुन पारित
techpana.com · Fri Jul 31 14:40:40 GMT 2026

काठमाडौं । म्यानमारको सैन्य समर्थित संसदले साइबर ठगी सञ्चालनका लागि जबरजस्ती श्रम गराउने व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय दिन सकिने व्यवस्था भएको कानुन पारित गरेको छ । द्वन्द्वग्रस्त मुलुकमा तीव्र रूपमा फैलिएको साइबर ठगी उद्योगविरुद्ध यो कदमलाई कडा कानुनी कारबाहीका रूपमा हेरिएको छ ।
गत मङ्गलबार पारित अनलाइन स्क्यामविरुद्धको विधेयकले साइबर ठगी गराउन मानिसलाई जबर्जस्ती हिंसा, यातना वा गैरकानुनी रूपमा बन्धक बनाउने कार्यमा संलग्नलाई १० वर्षदेखि आजीवन कारावाससम्मको सजायको व्यवस्था गरेको छ । यदि यस्तो दुर्व्यवहारका कारण पीडितको मृत्यु भएमा दोषीलाई मृत्युदण्ड दिइने व्यवस्था विधेयकमा गरिएको ब्लुमबर्गले उल्लेख गरेको छ ।
Read full story at source (techpana.com)