कलुवापुर बजारमा छैन पानीको निकास, थोरै वर्षा हुँदा पनि पर्छ डुबानमा
pahilopost.com · Sun Jul 16 03:25:41 UTC 2023

कञ्चनपुर : पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ। पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो।
‘बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ’, स्थानीय जयबहादुर ऐरले भने, ‘नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको छ।’
Read full story at source (pahilopost.com)