जनकपुरमा सर्वपक्षीय बैठकको निर्णय : शनिबार बृहत् सद्भाव र्याली, शान्ति र सहिष्णुताका लागि सबैलाई सहभागी हुन आग्रह
ratopati.com · Fri Jul 31 15:25:55 GMT 2026

जनकपुरधाम। सुनसरी घटनापछि सामाजिक सद्भावमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाममा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक सहिष्णुता, सामाजिक एकता र शान्ति कायम गर्ने उद्देश्यले शनिबार बिहान बृहत् सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय धनुषामा शुक्रबार आयोजित बैठकमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले जिल्लामा शान्ति, सुव्यवस्था र आपसी भाइचारा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
Read full story at source (ratopati.com)