हिंसा र तोडफोडले समस्या समाधान हुँदैन, भाइचारा कायम गरौँ : इप्पान
baahrakhari.com · Fri Jul 31 15:30:41 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो समयमा देखिएका सामाजिक तनाव तथा अशान्तिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले गम्भीर चासो व्यक्त गरेको छ । इप्पानले सबैमा शान्ति, संयमता, आपसी सद्भाव र सामाजिक एकतालाई कायम राख्न हार्दिक अपिल समेत गरेको छ ।
“नेपाल विविध भाषा, धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सहिष्णुता र सहअस्तित्वका कारण विश्वमै परिचित राष्ट्र हो । यही विशेषतालाई अक्षुण्ण राख्दै कुनै पनि प्रकारका असहमति, विवाद वा असन्तुष्टिलाई संवाद, वार्ता र संवैधानिक तथा कानुनी प्रक्रियाबाट समाधान गर्नु नै लोकतान्त्रिक समाजको सर्वोत्तम अभ्यास हो भन्ने विश्वास इप्पान व्यक्त गर्दछ,” इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Read full story at source (baahrakhari.com)