साम्प्रदायिक सद्भाव बिगार्ने ३६ जना पक्राउ : बालबालिकालाई सडकमा नलिन प्रहरीको अपिल
nagariknews.nagariknetwork.com · Fri Jul 31 16:16:43 GMT 2026

साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट नौ, सिरहाबाट पाँच, महोत्तरीबाट दुई र पर्साबाट एक जना पक्राउ परेका छन्।
यसैबिच, प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले बताएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)