ग्रान्ड मास्टर्स स्नूकरमा आकाशको दोस्रो जित
baahrakhari.com · Fri Jul 31 16:26:03 GMT 2026
काठमाडौं । प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको प्रतिस्पर्धामा विनोद श्रेष्ठ र आकाश गजमेरले जित हासिल गरेका छन् ।
एनआरटीको आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा जारी प्रतियोगिताको तेस्रो दिन दोस्रो चरणका प्रतियोगिता सुरु भएको छ । शुक्रबार बेस्ट अफ सेभेनअन्तर्गतको खेलमा विनोदले सोम विकलाई ४–२ र आकाशले फुर्वा दोर्जे शेर्पालाई ४–३ ले हराएका हुन् । आकाशको यो दोस्रो जित हो । विनोद भने पहिलो चरणमा नेपालका नम्बर एक खेलाडी वाङचु तामाङसँग पराजित भएका थिए ।
Read full story at source (baahrakhari.com)