सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए
ratopati.com · Sun Aug 30 17:54:15 GMT 2026

सुनसरी । सप्तकोशी नदीमा जल सतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् ।
आइतबार साँझ ६ः०० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए । लगातार पानीको बहाव बढेर बेलुका ८ः०० बजे प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २२ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
Read full story at source (ratopati.com)