त्रिविमा समाज र राजनीतिबिचको अन्तरसम्बन्ध र वर्तमान अवस्थाबारे अन्तरक्रिया
ratopati.com · Fri Jul 31 16:43:27 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा समाज र राजनीतिबिचको अन्तरसम्बन्ध र वर्तमान अवस्थाबारे विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । त्रिविको राजनीतिशास्त्र केन्द्रीय विभागको एमफिल, पिएचडी विद्यार्थी समूह २०२५ ले आयोजना गरेको कार्यक्रममा प्राध्यापक कृष्ण खनाल, लेखक तथा टिप्पणीकार खगेन्द्र सङ्ग्रौला र प्राध्यापक डाक्टर सुरेन्द्र केसी प्रमुख वक्ता रहेका थिए ।
कार्यक्रमको पहिलो चरणमा प्राध्यापक कृष्ण खनालले वर्तमान राजनीतिक अवस्था र भूराजनीतिबारे आफ्नो धारणा राखेका थिए । यस्तै लेखक सङ्ग्रौलाले राजनीति र सामाजिक मनोविज्ञानबारे आफ्नो मन्तव्य राखेका थिए । यस्तै, प्रा डा केसीले ऐतिहासिक पृष्ठभूमिमा नेपालको राजनीति र शिक्षा विषयमा आफ्नो विचार राखेका थिए ।
Read full story at source (ratopati.com)