सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद
ratopati.com · Fri Jul 31 16:54:14 GMT 2026

दाङ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद गरिएको छ । दाङका विभिन्न युनिटबाट खटिएका प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा सामुदायिक वनबाट एक थान भरुवा बन्दुक र छर्रा चार थान, बङ्गलाचुली गाउँपालिका–३ लामपोखरास्थित जनचेतना सामुदायिक वनबाट चार र वडा नं ६ टोट्केलेखस्थित लालीगुँरास सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक बरामद गरेको हो ।
यस्तै घोराही उपमहानगरपालिका–२ च्याख्ली घाटस्थित राष्ट्रिय वनबाट आठ थान भरुवा बन्दुक बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
Read full story at source (ratopati.com)