चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
canadanepal.com · Fri Jul 31 17:43:58 GMT 2026

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा यस वर्ष उक्त सङ्ख्या बढेर १४५ पुगेको छ। सङ्ख्या बढ्दै जाँदा निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चुनौती थपिएको छ।
सङ्ख्या बढेसँगै बाघ बस्तीतर्फ आउने र मानवीय आक्रमण हुनसक्ने चिन्ता थपिएको छ। यसरी मानव बस्तीमा आउने समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको छ। पूर्ववत् अवस्थामा फर्किन सक्नेलाई पुनःजङ्गलमा छोडिन्छ भने कतिपय बुढो भएर खोरमा मर्ने अवस्था आउने निकुञ्ज प्रशासनले जनाएको छ।
Read full story at source (canadanepal.com)