निजी लगानी योजनामा परामर्श जारी राख्ने पक्षमा फिफा
ratopati.com · Fri Jul 31 18:34:12 GMT 2026
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च प्रशासकीय निकाय फिफाले प्रस्तावित निजी लगानी योजनाको विषयमा उठेका व्यापक विरोध र आलोचनाबिच सदस्य राष्ट्र तथा सम्बन्धित सबै पक्षसँग खुला र लोकतान्त्रिक परामर्श प्रक्रिया जारी राख्ने प्रतिबद्धता जनाएको छ । फिफाले कसैले पनि फुटबल बेच्न नखोजेको स्पष्ट पार्दै योजनाबारे अन्तिम निर्णय सदस्य सङ्घहरूको रायका आधारमा हुने जनाएको हो ।
फिफाले शुक्रबार जारी गरेको विज्ञप्तिमा आफ्ना सबै २११ सदस्य सङ्घलाई प्रस्तावबारे तथ्यका आधारमा धारणा राख्ने समान अवसर उपलब्ध गराइने उल्लेख गरेको छ । साथै हालसम्म उठेका प्रतिक्रिया र चिन्तालाई सम्मान गर्दै परामर्श प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ ।
Read full story at source (ratopati.com)