लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ
nagariknews.nagariknetwork.com · Mon Jun 29 04:28:27 GMT 2026

आज धान दिवस, असार १५ । आज मुरी फलाउन मानो रोप्ने दिन । यस अवसरमा आज किसानहरू धान रोपाइँको चटारोमा खेतखेतमा व्यस्त देखिन्छन्। धान रोपाइँका लागि समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानैदेखि परेको वर्षाले खुसी तुल्याएको छ।
लुम्बिनी प्रदेश, कृषि विकास निर्देशनालयको लुम्बिनी प्रदेशका १२ जिल्लाको तथ्याङ्कअनुसार धान रोपाइँ हुने तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६२ हजार ६७० दशमलव ८७ हेक्टर क्षेत्रमा मात्र रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिए। यसअनुसार हाल सम्ममा प्रदेशका १२ जिल्लामा २० दशमलव आठ प्रतिशत मात्र रोपाइँ सकिएको छ। यो तथ्याङ्क गत वर्षको यस अवधिभन्दा झण्डै चार प्रतिशत कमी हो।
Read full story at source (nagariknews.nagariknetwork.com)