लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ
nepalpress.com · Mon Jun 29 04:44:46 GMT 2026

लुम्बिनी । आज धान दिवस, असार १५ । आज मुरी फलाउन मानो रोप्ने दिन । यस अवसरमा आज किसानहरू धान रोपाइँको चटारोमा खेतखेतमा व्यस्त देखिन्छन् । धान रोपाइँका लागि समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानैदेखि परेको वर्षाले खुसी तुल्याएको छ ।
लुम्बिनी प्रदेश, कृषि विकास निर्देशनालयको लुम्बिनी प्रदेशका १२ जिल्लाको तथ्याङ्कअनुसार धान रोपाइँ हुने तीन लाख एक हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६२ हजार ६ सय ७० दशमलव ८७ हेक्टर क्षेत्रमा मात्र रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिए । हाल सम्ममा प्रदेशका १२ जिल्लामा २० दशमलव आठ प्रतिशत मात्र रोपाइँ सकिएको छ । यो तथ्याङ्क गत वर्षको यस अवधिभन्दा झण्डै चार प्रतिशत कमी हो ।
Read full story at source (nepalpress.com)