पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’
lokaantar.com

पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’ महोत्सव आयोजना गरिएको छ । तीन दशकदेखि मुलुकको ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्रियाशील गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले आइतबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ सुकौरा फाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो ।
‘समुन्नत नेपालको प्राथमिक आधारः पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले बताए । स्थानीय संस्कृति, परम्परा, कृषि तथा ग्रामीण पर्यटनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको रोपाईँ महोत्सवले ग्रामीण अर्थतन्त्रमा विशेष योगदान पु¥याउनेमा उहाँले विश्वास व्यक्त गरे ।
Read full story at source (lokaantar.com)