रवि लामिछानेसँग समितिले लियो ७ घण्टा बयान
lokaantar.com

‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ । समितिले लामिछानेसँग समितिको बैठकमा बोलाएर शुक्रबार झण्डै ७ घण्टा बयान लिएको हो ।
रवि करिब ४ बजे सिंहदरबारस्थित बैठकस्थलमा पुगेकामा राति ११ बजेसम्म बयान चलेको हो । ‘बैठकमा उहाँबारे सहकारीको विषयमा उठेको प्रश्नसँग सम्बन्धित रहेर बयान लिने काम भएको छ’, समितिका एक सदस्यले भने । बैठकमा सदस्यहरूले सोधेको प्रश्नमा लामिछानेले इन्कारी बयान दिएको ती सदस्यले बताए ।
Read full story at source (lokaantar.com)