सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
nepalnews.com · Mon Jun 29 05:02:53 GMT 2026

बेनी(म्याग्दी) । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ। पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका-६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर कालोपत्र गर्न लागिएको हो । बजारभित्रको सडक साँघुरो र कच्ची हुँदा हिलो, धुलोको सास्ती र सवारी आवतजावतमा समस्या भइरहेको समयमा कालोपत्र योजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेका छन्।
बजारभित्रको सडक कालोपत्र हुने भएपछि स्थानीयवासी आफैँले सडकलाई फराकिलो बनाउन अग्रसर बनेका छन्। सडकको मार्ग खुलेको करिब दुई दशकपछि बजारभित्रको सडक कालोपत्र भएर रूप फेरिन लागेको उद्योग वाणिज्य संघ दरबाङ एकाइका उपाध्यक्ष अमृत सापकोटाले बताए । “दरबाङ आफैँमा महत्वको बजार हो, गाउँपालिकाको केन्द्र भएकाले यसको अझ बढी महत्त्व बढको छ, नालीसहितको सडक बन्ने आशाले स्थानीयवासीमा विकासप्रतिको आशा जागेको छ”, उनले भने।
Read full story at source (nepalnews.com)