आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
ratopati.com · Mon Jun 29 05:00:41 GMT 2026

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन र माछापालनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् । सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा लेखापालका रूपमा कार्यरत चौधरीले जागिरसँगै व्यावसायिक पशुपालन र मत्स्यपालन गर्दै वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
पाँच वर्षअघि करिब १० लाख रुपैयाँ लगानी गरी बंगुरपालन सुरु गरेका चौधरीले यस वर्ष मात्रै ६० वटा बंगुरका पाठापाठी बिक्री गरेका छन् । प्रति पाठापाठी पाँच हजार रुपैयाँका दरले बिक्री हुँदा करिब रु तीन लाख आम्दानी भएको उनले बताए ।
Read full story at source (ratopati.com)