‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक, पोस्टरमै झल्कियो कथा र संवेदना
kalakarmi.com · Mon Jun 29 04:38:54 GMT 2026

काठमाडौं- अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली फिल्म ‘पेन्सन पट्टा’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्मका तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसार औपचारिक रूपमा प्रारम्भ गरेको हो ।
सार्वजनिक पोस्टरहरूले फिल्म को मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढंगले चित्रण गरेका छन् । पहिलो पोस्टरमा दयाहाङ राई र गौमाया गुरुङ गाउँको परिवेशमा प्रस्तुत छन् । गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अभिव्यक्तिले सरल ग्रामीण जीवन, आत्मीयता र मानवीय संवेदनालाई संकेत गर्छ ।
Read full story at source (kalakarmi.com)