तपाइँको नेपाली तत्काल वाम एकता नहुने, अहिलेलाई सहकार्य र आन्तरिक समीक्षापछि मात्र एकता
bishowkhabar.com · Mon Jun 29 05:14:55 GMT 2026

मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्ट दलका शिर्ष नेताहरुले एउटै मोर्चामा उभिए पनि तत्काल पार्टी एकीकरण नगर्ने बताएका छन् । आइतबार आयोजित कम्युनिस्ट आन्दोलन र मदन भण्डारीको व्यक्तित्व केन्द्रित विमर्शमा नेताहरुले उक्त धारणा राखेका हुन् । उनीहरुले तत्काल सहकार्य गर्ने र आन्तरिक समीक्षापछि मात्र पार्टी एकता गर्नुपर्ने बताए ।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माधवकुमार नेपाल र झलनाथ खनाल तथा पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । उनीहरुले ०७५मा भएको बाम एकता तीन वर्ष नपुग्दै पार्टी एकता टुट्नको कारणहरू पहिल्याएर एकता गर्ने बताए । शिर्ष नेताहरुले कम्युनिस्टहरू विरुद्ध गम्भीर षड्यन्त्र भएका कारण आफूहरू कार्यगत एकतामार्फत एकजुट हुँदै दिगो एकीकरणका पक्षमा सक्रिय हुने बताए । उक्त कार्यक्रमको संयोजन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । मदन भण्डारी फाउन्डेसनको संयोजनमा आयोजित कार्यक्रममा नेताहरूले वाम एकताको सम्भावनालाई लिएर विमर्श गरेका थिए ।
Read full story at source (bishowkhabar.com)