अफवाह र उत्तेजनामा नलाग्न सशस्त्र प्रहरीको आग्रह, शान्ति र धार्मिक सहिष्णुता कायम राख्न अपिल
bishowkhabar.com · Sat Aug 01 00:23:31 GMT 2026

काठमाडौं- देशका केही स्थानमा पछिल्ला दिनहरूमा देखिएको असहज परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै सशस्त्र प्रहरी बल, नेपालले सम्पूर्ण नागरिकलाई शान्ति, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीद्वारा जारी अपिलमा नेपाली समाजले सदियौँदेखि आपसी भाइचारा, सहिष्णुता र सहअस्तित्वलाई आत्मसात गर्दै संवाद र समझदारीका माध्यमबाट जटिल समस्यासमेत समाधान गर्दै आएको उल्लेख गरिएको छ ।
Read full story at source (bishowkhabar.com)