विपद्सँग सम्बन्धित संवेदनशील तस्बिर तथा भिडियो प्रकाशन नगर्न सञ्चार मन्त्रालयको अपिल
nepalsamaya.com · Thu Aug 27 13:54:06 GMT 2026

काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा हालै आएको विनाशकारी प्राकृतिक विपद्सँग सम्बन्धित मानवीय रूपमा संवेदनशील सूचना, तस्बिर तथा भिडियो प्रकाशन र प्रसारण नगर्न सञ्चारमाध्यम तथा आम नागरिकलाई अपिल गरेको छ।
मन्त्रालयले विपद्को यस संवेदनशील अवस्थामा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भन्दै समाचार तथा सूचना सम्प्रेषण गर्दा मानवीय संवेदनशीलता र जिम्मेवारीलाई विशेष ध्यान दिन आग्रह गरेको हो।
Read full story at source (nepalsamaya.com)