मध्यराति मृतक गणेश यादवको घर पुगेर गृहमन्त्रीले गरे ८ बुँदे सहमति
lokaantar.com

सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच ८ बुँदे सहमति भएको छ । परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठबुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले जानकारी दिए ।
लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गएराति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए ।
Read full story at source (lokaantar.com)