सर्वपक्षीय सक्रियतापछि तराई–मधेशको तनाव साम्य हुँदै
kendrabindu.com · Sat Aug 01 01:48:59 GMT 2026

काठमाडौं । सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघसंस्था र जिल्लास्थित स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई/मधेशमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिरहा, सप्तरी र धनुषामा कर्फ्यु र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ।
प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेशमा उच्च अधिकृतहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सबै पक्षको अपिल र सद्भावको पहलपछि मधेशको परिस्थिति साम्य हुँदै गएको छ। ‘शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने ३८ जनालाई कोशी र मधेशबाट नियन्त्रणमा लिएका छौं,’ हाल सप्तरीमा खटिएका काफ्लेले कान्तिपुरसँग भने, ‘निगरानीका लागि सादा पोसाकमा टोली खटाएका छौं, ड्रोनबाट समेत निगरानी भइरहेको छ।’
Read full story at source (kendrabindu.com)