नेपाली युवाको रुसी सेनादेखि युक्रेनी बन्दीगृहसम्मको कथा
annapurnapost.com · Sat Aug 01 02:36:32 GMT 2026

काठमाडौं : परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। त्यहीबेला बुवाको निधन भयो। वृद्ध आमा र एक बहिनीको जिम्मेवारी आफ्नै काँधमा आइपुग्यो। अनि, रोल्पामा जन्मेका, दाङमा बसोबास गरिरहेका २४ वर्षीय प्रतीक पुन २१ वर्षको उमेरमै विद्यार्थी भिसामा रुस पुगे।
रुस पुगेपछि नेपाली साथीहरूले उनलाई रुसको सेनामा भर्ती भए राम्रो तलब र सुविधा पाइने सल्लाह दिए। सन् २०२३ को जुनमा रुस पुगेका उनी सेप्टेम्बरमा रुसको सेनामा भर्ती भए। उनी भन्छन्, ‘त्यतिबेला न रुसको भाषा आउँथ्यो, न अंग्रेजी नै राम्रो थियो। साथीभाइले साझा गरेका रहरलाग्दा सपनाले गर्दा आर्मीमा भर्ती हुने जोस आयो।’ भाषा राम्रोसँग नबुझी वार्षिक करिब ४६ हजार अमेरिकी डलर तलब पाइने भनिएको कागजातमा उनले हस्ताक्षर गरे। उक्त कागजातमा के लेखिएको थियो, उनले केही भेउ पाएनन्। ‘रुसी सेनामा साथीहरूको राम्रै भइराखेकाले राम्रै होला भन्नेमा आशावादी थियौं,’ उनी भन्छन्।
Read full story at source (annapurnapost.com)