सप्तरीमा खुकुलो बनाइयो कर्फ्यु
nepalnews.com · Sat Aug 01 02:55:21 GMT 2026

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सप्तरीले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ।
तोकिएको समयमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्। तोकिएको समयपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ।
Read full story at source (nepalnews.com)