गणेश यादवको परिवारसँग सातबुँदे सहमति: सरकारले सहिद घोषणा गर्ने र १० लाख दिने
kendrabindu.com · Sat Aug 01 02:54:53 GMT 2026

काठमाडौं । सिराहाको गोलबजार क्षेत्रमा यही साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ। शुक्रबार औरही गाउँपालिका-२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयबिच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट रु. १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
Read full story at source (kendrabindu.com)