साम्प्रदायिक द्वन्द्वबारे निजी क्षेत्र ‘तनाव लम्बिन दिनु हुँदैन’
annapurnapost.com · Sat Aug 01 02:57:08 GMT 2026

काठमाडौं : तराई–मधेसका केही जिल्लामा धार्मिक विवादपछि उत्पन्न तनाव साम्य पार्न निजी क्षेत्रका प्रमुख व्यावसायिक संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्।निजी क्षेत्रका नेतृत्वकर्ताहरूले सरकारसहित सबै पक्षलाई संयमित बन्न, निरन्तर संवाद गर्न र सामाजिक एकता जोगाउन आग्रह गरेका छन्।कुनै पनि विवादलाई हिंसातर्फ लैजानुभन्दा संवाद, सहकार्य र सहिष्णुताका माध्यमबाट समाधान खोज्नुपर्नेमा उनीहरूको जोड छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सद्भाव कायम राख्न महासंघले केन्द्रदेखि स्थानीय तहसम्म ‘सद्भाव र्याली’ आयोजना गर्न निर्देशन दिइसकेको जानकारी दिए।‘महासंघले केन्द्रीय तहबाटै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सद्भाव र्याली निकाल्न निर्देशनात्मक पत्र पठाइसकेको छ,’ सरकार समस्या समाधानमा सकारात्मक रहेको बताउँदै उनले भने।विवादको कारणबारे सरकारले छानबिन गरिरहेको र समाधानका लागि सरकार सकारात्मक देखिएको उनको भनाइ छ।
Read full story at source (annapurnapost.com)