सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी
ratopati.com · Sat Aug 01 03:08:20 GMT 2026

इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेशलाई आजबाट हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक सूचना जारी गर्दै आज बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिए ।
कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम 'निषेध आदेश' (निषेधाज्ञा) भने जारी गरेको छ। यस आदेश अनुसार तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा बढी मानिसहरू भेला हुन वा जम्मा हुन पाउने छैनन्।
Read full story at source (ratopati.com)