राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने
annapurnapost.com · Sat Aug 01 03:19:15 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले २०८३ को अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ। संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ। शुक्रबार आयोजक समितिको पहिलो बैठकले साथै प्रदेशका सभापतिहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा पत्राचार गर्ने, साथै प्रदेशमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने र उपसमिति निर्माण गर्ने निर्णय गरेको छ।
गत श्रावण १३ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरी केन्द्रीय सदस्य एवं पार्टीका पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस २०८३को आयोजक समितिको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
Read full story at source (annapurnapost.com)