इरान युद्धबाट बाहिरिन ‘एक्जिट रम्प’को खोजीमा ट्रम्प !
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको लामो समयदेखिको द्वन्द्व अन्त्य गर्न र ‘एक्जिट रम्प’ फेला पार्न कूटनीतिक प्रयासहरू तीव्र बनाइरहेका छन्। तर, यही क्रममा उनले मित्र राष्ट्रहरूबाटै पूर्ण रूपमा विपरीत र विरोधाभासी सन्देशहरू पाइरहेको सीएनएनले जनाएको छ, जसले उनको यो यात्रालाई थप पेचिलो बनाइदिएको छ।
बुधबार बिहान ह्वाइट हाउसको वेस्ट विङमा साउदी अरेबियाका उच्च अधिकारीहरूको अप्रत्याशित आगमन भयो। साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमानले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग भेट गर्दै साउदी युवराजको सन्देश सुनाए। उक्त सन्देशमा इरानसँगको युद्धलाई अब तत्काल साम्य पार्नुपर्ने र द्वन्द्व लम्ब्याउँदा त्यसले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिइएको थियो। साउदी पक्षको स्पष्ट बुझाइ थियो कि इरानले आफ्नो प्रभाव विस्तार गर्न र द्वन्द्व चर्काउन इराक र यमनस्थित आफ्ना प्रोक्सी लडाकुहरूलाई प्रयोग गरिरहनेछ।
Read full story at source (lokaantar.com)