नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल
canadanepal.com · Sat Aug 01 03:38:12 GMT 2026

काठमाडौँ - दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ।
कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ। छलफलमा सहभागी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र समुदायमैत्री बनाउन सुझाव दिएका थिए।
Read full story at source (canadanepal.com)