पुरबहादुर गुरुङ : सगरमाथामा हुर्किए, ब्रोड पिकमा अस्ताए
kendrabindu.com · Sat Aug 01 03:45:42 GMT 2026

काठमाडौं । पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ आरोहणको क्रममा चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को मृत्यु भएको पुष्टि भएको छ । अल्पाइन क्लब अफ पाकिस्तानले यसको पुष्टि गरेको हो । क्लबका अनुसार चार जना जनाको शव भेटिएको थियो ।
त्यसमध्ये ओमानी आरोही नधिरा अल हारथी र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको क्लबले जनाएको छ ।अल्पाइन क्लव पाकिस्तानी पर्वतारोहणको आधिकारिक निकाय निकाय समेत हो । यता, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले समेत युक्तको सो हिमपहिरोमा परी ज्यान गएको पुष्टि गरेको छ ।
Read full story at source (kendrabindu.com)