नौमतीको धुनले बदलेको पहिचान
nepalnews.com · Sat Aug 01 04:15:09 GMT 2026

विराटनगर । अहिले त फुर्सदै छ, तर विवाहको शुभसाइत नजिकिँदै जाँदा विराटनगर-३ की सरस्वती खनालको व्यस्तता बढ्छ। घरधन्दाको तालिका मिलाउनुपर्छ, समूहका सदस्यलाई खबर गर्नुपर्छ र बाजागाजा तयार राख्नुपर्छ। निम्तो आएको ठाउँमा पुगेर ट्याम्कोमा ताल दिन थालेपछि भने उनी घरको काम, यात्रा र थकान सबै बिर्सिन्छिन्।
दमाहा, ट्याम्को, नरसिंगा, सनई र झ्यालीको आवाजसँगै विवाहस्थलमा रौनक थपिन्छ। महिलाको समूहले नौमती बजाएको देखेर कतिपय अचम्म मान्छन्, कतिपय उनीहरूको तालमा नाच्न थाल्छन्।
Read full story at source (nepalnews.com)