भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित
ratopati.com · Sat Aug 01 04:30:05 GMT 2026

काठमाडौँ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले तक्मा एवम् प्रमाणपत्रसहित प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गर्दै सम्मानित गरेको छ।
नेपाल-भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ र थप उचाइमा पुर्याउन सेतुका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण प्रदान गर्दै द्विपक्षीय सहयोग अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै भियतनामको परराष्ट्र मन्त्रालयले उनलाई ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत उक्त प्रतिष्ठित सम्मान प्रदान गरेको हो। कन्सुलर मध्येमा अग्रस्थानमा राखी प्रदान गरिएको उक्त प्रमाण पत्रमा भियतनामका परराष्ट्र मन्त्री हो बिन्ह ट्रुङ (Ho Binh Trung) ले हस्ताक्षर गरेका छन् ।
Read full story at source (ratopati.com)