रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने
nagariknews.nagariknetwork.com · Sat Aug 01 04:29:38 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८३ को अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ।
संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको हो। गत साउन १३ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरी केन्द्रीय सदस्य एवं पार्टीका पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस २०८३को आयोजक समितिको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टीले विभिन्न पालिका, जिल्ला, सातैवटा प्रदेश र केन्द्रीय तहमा युवा दिवस मनाउने तयारी गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)