पिण्डेश्वर बाबाधाममा रात्रिकालीन पूजा बन्द, बिहान ५ बजेदेखि मात्र जल अर्पण गर्न पाइने
annapurnapost.com · Sat Aug 01 04:33:09 GMT 2026

सुनसरी : सुनसरीको धरान–१४ विजयपुरस्थित श्री पिण्डेश्वर बाबाधाममा सञ्चालन हुँदै आएको रात्रिकालीन बोलबमको पूजा तथा जल अर्पण बन्द गरिएको छ । श्री पिण्डेश्वर बाबाधाम समितिले प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ ।
समितिका अध्यक्ष विकासकुमार बनेपालीद्वारा जारी विज्ञप्तिमा श्रावण महिना भगवान् शिवको प्रिय महिना तथा सोमबार विशेष पूजा–आराधनाको दिन भएकाले प्रत्येक वर्ष ठूलो संख्यामा भक्तजन बोलबम मेलामा सहभागी हुने उल्लेख गरिएको छ । नेपालमै सबैभन्दा पहिले पिण्डेश्वरबाट बोलबम मेलाको सुरुआत भएको र २०४०/४१ सालदेखि चतराको कोशी नदीबाट जल ल्याई भगवान् पिण्डेश्वरमा चढाउने परम्परा निरन्तर चल्दै आएको समितिले जनाएको छ ।
Read full story at source (annapurnapost.com)