वनले बस्ती हटाउन खोजेको भन्दै चुरेबासी आन्दोलित, बीपी राजमार्ग अवरुद्ध
annapurnapost.com · Sat Aug 01 05:04:15 GMT 2026

बर्दिबास : कालापानी वन प्रकरणमा निर्दोष व्यक्तिमाथि झुटा मुद्दा दर्ता गरिएको आरोप लगाउँदै स्थानीयबासीले वीपी राजमार्ग बन्द गरेका छन् । बिहान ७ बजेदेखी स्थानीयहरुले सडकमा ढाट, मुढा तेस्र्याएर राजमार्ग अवरुद्ध गरेका हुन् ।
बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले घटनामा आरोपितहरू निर्दोष रहेको निष्कर्ष निकाल्दै तीन दिनभित्र मुद्दा फिर्ताका लागि प्रशासनलाई तीन दिनभित्र मुद्दा फिर्ता लिन अल्टिमेटम दिएका थिए । तर, प्रशासनले मुद्दा फिर्ता नलिएपछि आन्दोलन चर्काइएको संघर्ष समितिका संयोजक गोपी श्रेष्ठले जनाए । बिहीबार महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र बर्दिबासका सर्वदलीय बसेको टुंगोमा लागेन ।
Read full story at source (annapurnapost.com)