जनकपुरधाममा कर्फ्यु हटाएर निषेधाज्ञा जारी
barnanmedia.com · Sat Aug 01 05:15:24 GMT 2026

धनुषाको जनकपुरधाममा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको हो ।
गएको विहीबार हिंसा भड्किन सक्ने भन्दै प्रशासनले कर्फ्यु जारी गरेको थियो । आज सद्भाव र्याली निकालेर जनजीवन सामान्य बन्न थालेपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)