एमाले बागमती संसदीय दलको नेतामा जेएनलाई नै निरन्तरता दिने सहमति
ratopati.com · Sat Aug 01 05:43:03 GMT 2026

हेटौँडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेता परिवर्तन नहुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार बसेको बैठकले दलको नेता परिवर्तन नहुने र वर्तमान दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई नै निरन्तरता दिने सहमति बनेको हो ।
लामो आन्तरिक कसरत, शक्ति परीक्षण र नेतृत्व विवादपछि एमालेले अन्ततः थपलियालाई नै दलको नेतामा निरन्तरता सुम्पिने निर्णय गरेको हो । दलभित्र नेतृत्व परिवर्तनको तीव्र दबाबका बिच अन्तिम समयमा शीर्ष नेतृत्वले हस्तक्षेप गर्दै थपलियामै सहमति जुटाएको हो ।
Read full story at source (ratopati.com)