धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न योगदान पुर्याउने सबैप्रति धन्यवाद : शंकर पोखरेल
nagariknews.nagariknetwork.com · Sat Aug 01 05:52:19 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले धार्मिक तथा साम्प्रदायिक समस्या सामान्यीकरणको दिशातर्फ अघि बढिरहेको बताएका छन्। राजनीतिक दल, नागरिक समाज तथा नेपाली समाजका सबै तह र तप्काको सहयोग र सरोकारका कारण स्थिति सुधारोन्मुख रहेको उनको भनाइ छ।
शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले समस्या समाधानतर्फ सकारात्मक प्रगति भए पनि चुनौती अझै पूर्ण रूपमा समाप्त नभएकाले सबै पक्ष उत्तिकै सजग रहनुपर्नेमा जोड दिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)