उद्योगीलाई निगमले भन्यो : ग्यासको सहज आपूर्ति सुनिश्चित गर्नू
annapurnapost.com · Sat Aug 01 06:05:41 GMT 2026

काठमाडौं : नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएकोप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ग्यास अभाव भन्ने उपभोक्ताबाट गुनासो आइरहेकोले सम्पूर्ण ग्यास उद्योगीहरुले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन निगमले निर्देशन दिएको छ। ‘निगमको तथ्याङ्क अनुसार दैनिक रुपमा माग अनुसारको ग्यासको आपूर्ति भइरहेको भएतापनि विभिन्न सञ्चार माध्यमहरुमा बजारमा ग्यासको अभाव भनि आएको समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ। १४.२ के.जि.को ग्यास सिलिण्डरको बिक्रि वितरणको शुरुवात पश्चात बजारमा ग्यास अभाव भन्ने उपभोक्ता वर्गवाट गुनासो आइरहेकोले सम्पूर्ण ग्यास उद्योगीहरुले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउनहुन अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘विक्रेताहरुले घरायसी प्रयोजनका उपभोक्ताहरुलाई प्राथमिकतामा राखि खरिद कर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखि ग्यासको व्यवस्थित तवरले विक्री वितरण गर्नुहुन अनुरोध छ।’
Read full story at source (annapurnapost.com)