सामाजिक सद्भावमा खलल पुर्याउने ६५ जना पक्राउ
ratopati.com · Sat Aug 01 06:16:33 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न ६५ जनालाई पक्राउ गरेको छ। साउन १३ गतेदेखि आज बिहान ९ बजेसम्मको अवधिमा तराईका विभिन्न ७ जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पछिल्लो केही दिनयता तराईका जिल्लाहरूमा देखा परेको साम्प्रदायिक तनाव र सामाजिक सद्भाव बिथोल्ने प्रयासलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै धनुषा जिल्लाबाट ४५ जना पक्राउ परेका छन्।
Read full story at source (ratopati.com)