निगमको टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु
barnanmedia.com · Sat Aug 01 06:05:10 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा अभाव भएको भन्ने समाचार र उपभोक्ताको गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले ग्याँस आपूर्ति सहज बनाउन थप कदम चालिएको जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकामा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै निगमले साउन १६ गते (शनिबार) देखि टेकुस्थित आफ्नो कार्यालयबाट समेत ग्याँस बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
Read full story at source (barnanmedia.com)