जग्गा अधिग्रहण, स्रोत सुनिश्चितता र ठेक्का व्यवस्थापनमा सुधार नगरी अपेक्षित विकास सम्भव हुँदैन : ऊर्जामन्त्री श्रेष्ठ
annapurnapost.com · Sat Aug 01 06:23:01 GMT 2026

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासमा सबैभन्दा ठूलो चुनौती नीतिगत तथा प्रक्रियागत अवरोध भएको बताएका छन्। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले जग्गा अधिग्रहण, मुआब्जा व्यवस्थापन, स्रोत सुनिश्चितता, अन्तरनिकाय समन्वय र ठेक्का व्यवस्थापनमा सुधार नगरी अपेक्षित विकास सम्भव नहुने बताएका हुन्।
उनले छोटो अवधिमा मन्त्रालयका नीति, कार्यक्रम तथा आयोजनाको समीक्षा गर्दा गत वर्ष उपलब्धि र आत्मसमीक्षा दुवैका दृष्टिले महत्वपूर्ण रहेको बताए।
Read full story at source (annapurnapost.com)