ह्वाट्सएपमा अब व्यवसायिक म्यासेजका लागि छुट्टै फोल्डर आउने
techpana.com · Sat Aug 01 06:27:34 GMT 2026

काठमाडौं । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताको मुख्य 'च्याट लिस्ट' लाई व्यवस्थित बनाउन नयाँ फिचरको परीक्षण थालेको छ । बैंक, एयरलाइन्स तथा अन्य ठुला व्यावसायिक संस्थाहरूबाट आउने धेरै मेसेजहरूका कारण मुख्य च्याट सूची भद्रगोल हुने समस्यालाई सम्बोधन गर्न कम्पनीले यस्तो कदम चालेको हो ।
हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार, ह्वाट्सएपले 'अफर्स एन्ड अपडेट्स' (Offers & Updates) नामक नयाँ फोल्डरको परीक्षण गरिरहेको छ । यस फिचरअन्तर्गत, ठुला व्यवसायहरूबाट प्राप्त भएका मेसेजहरू प्राप्त भएको निश्चित घण्टापछि स्वचालित रूपमा उक्त नयाँ फोल्डरमा सर्नेछन् ।
Read full story at source (techpana.com)