हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु
ratopati.com · Sat Aug 01 06:37:32 GMT 2026

सुर्खेत । हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमा ढुवानी सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमतिपत्र हुलाकमार्फत नागरिकको घरदैलोमा ढुवानी सुरु भएको हो ।
यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक आरम्भ गरेका थिए ।
Read full story at source (ratopati.com)