भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
ratopati.com · Sat Aug 01 06:36:04 GMT 2026

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले भक्तपुर अस्पतालमा घटेको अमानवीय तथा निन्दनीय घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालको सघन उपचार कक्षमा भर्ना नलिएको भन्दै अस्पताल हाताभित्र तोडफोड गर्नुका साथै कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि प्रहार गरिएको घटनाको सङ्घले भर्त्सना गरेको छ।
यस्ता अमर्यादित र आपराधिक कार्यमा संलग्न दोषीहरूलाई अविलम्ब "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)" बमोजिम कडा भन्दा कडा कारबाही गर्न नेपाल चिकित्सक सङ्घले सम्बन्धित निकायसँग माग गरेको छ।
Read full story at source (ratopati.com)