राष्ट्र बन्नै बाँकी छ
nagariknews.nagariknetwork.com · Sat Aug 01 06:19:41 GMT 2026

२०८३ साउन ६ गते ‘चक्रप्रसाद बाँस्तोला: बौद्धिकता र विद्रोह’ वार्तालाप पुस्तक प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा विमोचन भयो। प्रसिद्ध साहित्यकार कृष्ण धरावासीद्वारा सम्पादित र चक्र बाँस्तोलाकी धर्मपत्नी कुसुम बाँस्तोला प्रकाशक हुन्। यस पुस्तक विमोचनमा डा. यादवले भने– ‘मलाई अचम्म लागेको छ। हिजोआज अधिकांश लेखक तथा स्तम्भकार किन मौन छन् ? के देश ठिक बाटो हिँडेको छ? विगतका कठिन राजनीतिक समयमा सशक्त कलम चलाउने बुद्धिजीवी कहाँ छन्?’
प्रथम राष्ट्रपतिका यी सवाल बिपी कोइराला र बाँस्तोलाबिचको पुस्तकसँग पनि जोडिन्छन्। यसमा बिपीले बाँस्तोलालाई भनेका छन्– ‘हेर ! इतिहासमा धेरै राष्ट्र बने। कति राष्ट्र पहिलो विश्वयुद्धमा रहेनन्। दोस्रो विश्वयुद्धपछि कति नयाँ बने, कति पुराना हराए, के–के भए? त्यसो भए नेपालको नियति के छ त? एउटा राष्ट्र भएर बसिरहने नियति छ कि छैन? ...हाम्रा सारा लडाइँ नेपाल राष्ट्रसँग त जोडिन्छन्। अधिकारसम्पन्न नेपाली जनताका लागि हुन्। सुन्यौ ! नेपाल राज्य बनेको छ, राष्ट्र बन्नै बाँकी छ।’
Read full story at source (nagariknews.nagariknetwork.com)