धानको भुसा मुनि लुकाएर गाँजा तस्करी, १ हजार ३३ किलो गाँजासहित मिनी ट्रक नियन्त्रणमा
ratopati.com · Sat Aug 01 07:02:19 GMT 2026

मोरङ । मोरङमा १ हजार ३३ किलोग्रामभन्दा बढी लागू औषध गाँजा र मिनी ट्रकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० सोमबारे स्थितमा संयुक्त प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय सिजुवा मोरङ र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बङ्गा चुनिबारीबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा उक्त कारबाही गरेको हो ।
Read full story at source (ratopati.com)