प्यालेस्टिनी झण्डा प्रदर्शनपछि ‘म्यासिभ अट्याक’ लाई सिंगापुरमा प्रतिबन्ध
nepalnews.com · Sat Aug 01 07:13:57 GMT 2026

काठमाडौँ। कन्सर्टका क्रममा प्यालेस्टिनी झण्डा प्रदर्शन गरेको पुष्टि भएपछि बेलायती ट्रिप–हप ब्यान्ड ‘म्यासिभ अट्याक’ लाई सिंगापुरमा भविष्यमा प्रस्तुति दिन प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार आयोजित कन्सर्टका क्रममा मञ्चमा प्यालेस्टिनी झण्डा प्रदर्शन गर्ने ब्यान्डका दुई सदस्यलाई कडा चेतावनी दिइएको छ। साथै उनीहरूलाई सिङ्गापुरमा पुनःप्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ। यद्यपि, उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
Read full story at source (nepalnews.com)